Sunday, April 19News That Matters

उदयपुरगढीमा २७ र २८ गते फोनिज प्रदेश को स्थापना दिवस मनाईने

पूर्णपुष्टि, २६ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस ९रजत वर्ष० उदयपुरको उदयपुरगढी गाउँपालिकामा मनाईने भएको छ ।

भोलि ९आईतबार० १ नं। प्रदेश समितिद्वारा आयोजित रजत वर्ष कार्यक्रमलाई प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले उद्घाटनगरी रजत वर्ष मनाउन लागिएको हो ।

रजत वर्षको अवसरमा शुभकामना आदनप्रदानसँगै उदयपुरगढीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरी प्रचारप्रसार हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा महिला पुरुषगरी दुई जना पत्रकारलाई पहिचनन पत्रकारिता पुरस्कारबाट पुरस्कृृत गरिने फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले बताए ।

कार्यक्रम गाउँपालिकाको सहयोग, फोनिज उदयपुर शाखाको समन्वयमा हुने कार्यक्रम सो क्षेत्रमा भने पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक तथा प्रदेश उपाध्यक्ष राजेन्द्र दुष्टले जानकारी दिए ।