
पूर्णपुष्टि, चैत ३० ।
उदयपुरबाट आज चारजनाको स्वाप परिक्षणका लागि धरान पठाइएको छ । हिजो र आज कोरोना भाइरस आशंका गरिएका चारजनाको स्वाप नुमना संकलन धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, कोरोना भाइरस परिक्षण केन्द्रमा पठाइएको हो ।
जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार हिजो रौतामाई गाउँपालिकाबाट संकलन गरिएको एक जनाको स्वाप नमुना, त्रियुगा नगरपालिकाबाट लिइएको एकजनाको स्वाप नमुना र चौदण्डीगडीको आइसोलेशनका दुईजनाको लिइएको स्वाप नमुना गरी जम्मा चारजनाको परिक्षणका लागि पठाइएको हो ।
जनस्वस्थ्यको तथ्यांक अनुसार हालसम्म उदयपुरकाे अभिलेखबाट ४ महिलासहित ४२ जनाको स्वाप नमुना संकलन भएका छन् । जसमा ३ महिलासहित ३८ जनाको रिपोर्ट आइसकेको छ । तिनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । जसमा कटारीकाे बेलसाेत क्वारेन्टाइनका २३ पुरूष ३ महिला हुन् । त्रियुगा नगरपालिका क्वारेन्टाइनकाे ८ र लिम्चुङबुङ गाउँपालिकाकाे क्वारेन्टाइनका ४ जना हुन् । भने, यसअघि बेलका नगरपालिकाबाट एकजनाकाे धरान विपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान हुदै काठमाडाैंमा परिक्षण भएर एकजनाकाे रिपाेर्ट नेगेटिभ आएकाे हाे । यसरी जनस्वस्थ्य उदयपुरकाे अभिलेखसहित पठाइएकाे ३८ र त्यसअघि बेलकाबाट पठाइएकाे एक गरी ३९ जनाकाे स्वाप नमुना परिक्षण भइ रिपाेर्ट नेगेटिभ आएकाे हाे । परिक्षणबाट यतिन्जेल उदयपुरमा कोरोना पोजेटिभ विरामी भेटिएका छैनन् ।
