Tuesday, April 28News That Matters

उदयपुरबाट लागुुऔषध मुद्दामा फरार रहेका पंजियार ४ वर्षपछि पक्राउ

पूर्णपुष्टि, मंसिर २८
लागुऔषध मुद्दामा उदयपुरबाट फरार रहेका फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेको छ । सिरहा मिर्चैया नगरपालिका–६ बस्ने ३२ वर्षीय रोशन भन्ने सरोज पंजियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सोमबार मिर्चैया नगरपालिका–६ कटारी चोकबाट बिशेष सुचनाको आधारमा पंजियारलाई नियन्त्रमा लिइएको हो ।

पंजियारलाई लागुऔषध मुद्दामा उदयपुर जिल्ला अदालतले २०७४।०२।३० गते दुई बर्ष कैद र एक लाख रुपैया जरीवाना फैसला भएको थियो । ४ वर्ष सम्म फरार रहेका पंजियारलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतमा आवश्यक कार्बाहीको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले बताउनुभयो ।