Tuesday, June 30News That Matters

उदयपुरमा गुडिरहेको म्याजिकमा आग्लागी

पूर्णपुष्टि, साउन ९ गते ।

उदयपुरको चौदण्डीगढीमा आज ११ः४५ को समयमा गुडिरहेको म्याजिक भ्यानमा अचानक आग्लागी भएको छ । जिल्लाको सदुमुकाम गाईघाटदेखि इटहरी हिँहेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा भ्यान पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आग्लागी हुँदा अन्दाजी १३ लाख ५० हजार बराबरको ५० कार्टुन थुप्पा जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक तथा डिएसपी मोहन थापाले बताए । भ्यान धनी तथा चालक समेत आफै रहेका मोतिराम खड्का सानो ब्यापार गँर्दै सुनसरीबाट उदयपुर आएका थिए ।
म्याजिक भ्यानमा चालक खडकासंगै एकजना प्यासिन्जर समेत रहेको प्रहरी जनाएको छ । चौदण्डीगढी नगरपालिका–६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगो उठ्दा ५ मिनेटमै भ्यान जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षकको टोली खटी गई दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सहायताले आगो नियन्त्रणमा लिएका थिए । म्याजिक भ्यानमा रहेका चालक र एक जना प्यासिन्जर भने भागेर बाँच्न सफल भएका छन् ।