Monday, May 18News That Matters

उदयपुरमा अवैध सुर्ती बरामद

पूर्णपुष्टि,माघ २३

उदयपुरमा एक अटोबाट अवैध सुर्ती बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त आज त्रियुगा नगरपालिका–३ मोतिगडा स्थितमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको  बिशेष टोलीले सुर्ती बराम गरेको हो ।

जलजलेबाट गाईघाट तर्फ आउदै गरेको स १ ह ३०३४ नम्वरको अटो चेकजाच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेको एन पी ०१ लेखिएको प्याकेट ४९ थान राजनिवासको मसला र कविर एक्सप्रेश लेखिएको खैनीको प्याकेट २५  थान बरामद गरेको उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

अटो र अटो चालक बर्ष २० को शंकर साहलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाएको एसपी दाहालले बताउनुभयो ।