
पूर्णपुष्टि, बैशाख २ ।
जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले आज २३ जनाको स्वाप नमुना संकलन गरेको छ । कोरोना भाइरस संक्रमणको परिक्षणका लागि लिइएका स्वाप नमुनाहरु मध्ये ४ जना रौतामाई गाउँपालिकाको मुर्कुची क्वारेन्टाइनका हुन् भने ३ जना त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनका ३ जना रहेका छन् ।
अन्य १६ जना भने त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदका हुन् । मस्जिदमा रहेका १२ भारतीय र ४ नेपाली गरी १६ जनाको स्वाप नमुना संकलन गरिएको हो ।
संकलन गरिएका स्वाप नमुना धरान स्थित बिपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिने जनस्वस्थ्य प्रमुख मोहन सुवेदीले बताउनु भयो ।
