Saturday, April 25News That Matters

उदयपुरमा आजदेखी तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनी

पूर्णपुष्टि, बैेशाख १२ । उदयपुरमा आजदेखी तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनी सुरु हुदैँछ ।

आजदेखी गाईघाटस्थित हिरा टेन्ड हाउसमा सुरु हुने महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्नेछन् । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्यटन, हस्तकला, बिज्ञान तथा प्रविधि, सूचना संञ्चार, साहित्य, कला, संस्कृति र रैथाने खानाको परिकार प्रदर्शनी महोत्सवको मुख्य आकार्षण रहेको छ ।

महोत्सवलाई शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्रालय काठमाडौ , पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश बिराटनगर, नेपाल पर्यटन बोर्ड काठमाडौ, त्रियुगा नगरपालिका गाइघाट उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, कृषि ज्ञान केन्द्र उदयपुर, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र उदयपुरले सहकार्य गरेको छ ।