
पूर्णपुष्टि, फागुन ११
भारतीय नागरिकको हत्या गरेको आरोपमा उदयपुर कटारी नगरपालिका २ वेलस्रोतका कमल वि.क लाई पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको छ । वि.क लाई अदालतमा ५ दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.क ले केहि दिन अघि मोरङ जिल्लाको पथरीमा पानी खन्ने बोरीङको काम गर्ने भारत राजस्थान अलवर, गाँउ दानपुर बस्ने बर्ष ५० को राम किसन मीनाको हत्या गरेको खुलेको छ । उदयपुरको कटारी नगरपालीका वडा न. ८ टोड्के मा अ. ३० मिटर तल भिरमा नाम थर वतन नखुलेको उक्त पुरुषको शव प्रहरीले केहि दिन अघि फेला पारी अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानको क्रममा प्रहरीले फागुन ९ गते सोमवार मोरङ जिल्लाको पथरीबाट मोरङ प्रहरीको सहयोगमा विकलाई पक्राउ गरेका थियो । विकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाईएको छ ।
साथै मृतक राम किसन मीनाको मिति कटारी अस्पताल कटारीमा पोष्टमाटम समेतको कार्य सम्पन्न गरी आफन्तलाई सदगतको लागि जिम्मा बुझाईएको ।
