Monday, April 20News That Matters

उदयपुरमा झुण्डिएको अवस्थामा पूरुष मृत फेला

पूर्णपुष्टि, साउन २५ । खोटाङ घर भएका एक पूरुष उदयपुरमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ बिजयखर्क बस्ने ४२ वर्षीय नविन ढुंगाना हुन्।

उनको शव त्रियुगा नगरपालिका जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको मुल गेटपूर्व रहेको पिपलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईले जानकारी दिए।

ढुंगाना केही वर्षयता परिवारसहित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएका थिए। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको उदयपुर डिएसपी चपागाईले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।