Saturday, May 16News That Matters

उदयपुरमा एक वर्षमा ७४४ मानव अधिकार उल्लङ्घनका घटना

पूर्णपुष्टि, पुष ९ । उदयपुर जिल्लामा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७४४ घटनामा ७८८ जना पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको अभिलेखअनुसार सन् २०२३ मा ५५६ वटा घटना भएका थिए । यस वर्ष भएका घटनामध्ये घरेलु हिंसाका ५३६, बालिका बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ७२, महिला बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ३६ र बहुविवाहका १८ घटना रहेका छन् । त्यस्तै, हत्या, हत्या प्रयास र अङ्गभङ्गका ३१, कुटपिटका २८, बालविवाहका १४ र मानव बेचबिखन तथा अपहरणका ९ वटा घटना भएको इन्सेकले जनाएको छ ।