
पूर्णपुष्टि, १५ चैत्र ।
उदयपुरमा आजदेखी एसईई सुरु भएको छ । जिल्लामा एसईईको लागि २५ ओटा केन्द्रहरु तोकिएका छन् । यो बर्ष २५ ओटा केन्द्रहरुमा ६०१७ जना विद्यार्थीहरुले एसईईको परिक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरले जनाएको छ । कोशी जनता मावि रामपुर, जनता बेलका मावि पुरनदह, जनता मावि गुरुङचौरी, नारद आदर्श मावि खर्षे डाँडाँ, ज्योति मावि बेल्टार, धानपोखरी मावि ज्यामिरेझोर, जनता मावि हडिया, सत्यदेवी मावि भुल्के, राम जानकी मावि मोतिगडा, राष्ट्रिय मावि बगाहा, जनता मावि श्रीपुर, जनता मावि देउरी, जनज्योति मावि चुहाडे, बालमन्दिर मावि बोक्से, त्रियुगा नमुना मावि गाईघाट, लक्ष्मीपुर मावि पोर्ताहा, मावि मुर्कुची, मावि भलायोडाँडाँ, पंञ्चावती मावि उदयपुरगढी, जनप्रेमी मावि रिस्कु, त्रिवेणी मावि कटारी, मावि कल्याणपुर, जनता मावि गुँरासे, महेन्द्र रत्न मावि रुपाटार र क्या पर्शुराम पदमा राई मावि वालाम्ता गरी २५ ओटा केन्द्रहरु रहेको इकाईले जनाएको छ । यी २५ ओटा केन्द्रहरुमा जिल्लाका १५३ ओटा विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी रहेका छन् ।
