Friday, June 19News That Matters

उदयपुरमा करणी गरी फरार रहेका चौधरी पक्राउ

पूर्णपुष्टि, साउन १९
उदयपुरमा जबरजस्ती करणी गरेर फरार रहेका एकजना प्रतिवादी बुधबार पक्राउ परेको छ । जिल्लाको चौदण्डिगढी नगरपालिका–९ ज्यामिरे बस्ने ४० बर्षिय राजेश्वर चौधरी पक्राउ परेको हो ।मिति २०७१÷०१÷२७ गते करणी गरी चौधरी फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । उनलाई २०७४÷११÷२७ गते जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकिएकोमा चौधरी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले चौधरीलाई हिजो १० बजे पक्राउ गरी जिल्ला अदालतमा बुझाउने तयारी गरिएको छ ।