Wednesday, August 5News That Matters

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २० गते ।

उदयपुरको कटारी नगरपालिका–२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी–२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् ।

हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।