
पूर्णपुष्टि, असार २० गते ।
उदयपुरमा सोमवार करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराईटोल देउरीमा करेन्ट लागेर स्थानीय ६५ वर्षीय मन्तु चौधरीको ज्यान गएको हो ।
आज बिहान पौने ५ बजे चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागि घाईते भएका चौधरीलाइै तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्लाका प्रहरी नायव निरिक्षक तथा डिएसपी मोहन थापाले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।
