Monday, April 20News That Matters

उदयपुरमा काँग्रेस वडासभापति राईको अबैध काठबाट बनाएको फर्निचरको सामान बरामद

पूर्णपुष्टि, असोज ५
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सुकौरा बाट अबैध सखुवाको काठबाट बनेको बिभिन्न फर्निचरको सामानहरु पक्राउ परेको छ । ति सामानहरु त्रियुगा नगरपालिका वडा नं १६ का काँग्रेस वडासभापति लोक वहादुर राईको रहेको खुलेको छ ।
खाँबु सब डिभिजन बन कार्यालय उदयपुरका बन अधिकृत दिलिप कुमार चौधरीका अनुसार काठ सुकौरा प्रहरी चौकीको गस्ति टोलिले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको काठको सामानहरुमा पाँच थान ढोकाको चौकस र छ थान झ्यालको चौकस रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्ररही नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार अहिले पक्राउ परेको बाँस र काठको सामानहरु छलफलको लागि डिभिजन बन कार्यालय उदयपुर गाईघाटमा झिकाईएको छ । पक्राउ परेको सामानहरु त्रियुगा नगरपालिका ५ देउरी स्थित बालुटार लाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । काठ बाँसले छोपेर ट्याकटरबाट लाने क्रममा पक्राउ परेको थियो ।