
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बिरगञ्ज मनपा–१० बस्ने ३६ बर्षीय बलराम गिरी र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–३ बस्ने २३ बर्षीय राजेश सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार चौनपा–६ स्थितमा काठ बोकेको ट्रक सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ताप्लीबाट इनरुवा तर्फ जादै गरको ना.५ ख १५१ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा लोड भएका अन्दाजी ५ पाँच सय क्यू. फिट उत्तिस जातको गोलिया काठमा टाँचा नलगाई आवश्यक कागजाँच समेत नभएको अवस्थामा ट्रक चालक गिरी र सह चालक सुनुवारलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए ।
उक्त काठ सहित नियन्त्रणमा लिई ईप्रका बेल्टारमा ल्याई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी सव– डिभिजन वन कार्यालय बेल्टारमा पठाईएको प्रहरीेले जनाएको छ ।
