Wednesday, May 27News That Matters

उदयपुरमा कार्यरत ट्राफिक प्रहरी शम्भु थापा उत्कृष्ट प्रहरी घोषित

पूर्णपुष्टि, २२ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार शम्भु थापा असार महिनाको उत्कृष्ट प्रहरी (पोलिस अफ द मन्थ) घोषित भएको छ । थापाले ट्राफिक व्यवस्थापन सँगै दुर्घटना न्युनिकरणमा अहम भुमिका खेलेको उल्लेख गर्दै २०८१ असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । नेपाल प्रहरीले निर्दिष्ट गरेको निति, निर्देशन एवम् संगठनको मूल्य मान्यतालाई शिरोधार गरी तोकेको जिम्मेवारी उत्कृष्ट व्यवसायी तथा नैतिक अनुशासन तरिकाले पुरा गरेको भन्दै थापालाई उत्कृष्ट प्रहरी घोषित गरिएको उल्लेख छ ।

२ बर्षदेखी उदयपुरमा कार्यरत थापाले दुर्घटना न्युनिकरणका लागि सरोकारवालाहरु सँग आवश्यक समन्वयको गरी जेब्रा क्रसिङ, होर्डिङ बोर्ड, सिसिटिभी, जिपिएस र डिजिटल ट्राफिक लाईट जडान जस्ता कार्यमा भुमिका खेलेका थिए । यो सँगै सवारी दुर्घटना गराई गैरकानुनी गतिविधिमा संलग्नलाई समेत थापाले नियन्त्रणमा लिई कानुनी दायरामा लिन सफल भएका थियो । उनले त्रियुगा नगरपालिका १३ स्थित पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको अटोलाई पनि पक्राउ गर्न सफल भए । ति यात्रुको भने उपचारको क्रममा मृत्यु भयो । थापाले आफ्नो उत्कृष्ट कार्यले थप हौसाला पुगेको जनाए । उत्कृष्टताको कदर पत्र सँगै आफ्नो सेवा अझै जनतामुखी र सेवामुखी बन्ने प्रेरणा मिलेको  जनाए । उदयपुरमा पछिल्लो समय बढेको व्यापक दुर्घटनालाई न्युनिकरण गर्न आफु सँधै अग्र पंक्तिमा लाग्ने उनले बताए । थापालाई उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले कदर पत्र प्रदान गर्दै यसैगरी आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउन प्रेरित गरे ।