
पूर्णपुष्टि, जेठ २५ ।
उदयपुरमा काेराेना संक्रमित थपिएकाे छ । जिल्लाकाे बेलका नगरपालिकामा २ र चाैदण्डिगढि नगरपालिकामा १ गरि ३ जना थपिएकाेे हुन् । अब उदयपुरमा संक्रमितकाे संख्या ३६ पुगेकाे छ ।
स्वास्थ्य कार्यालय उदयपुर प्रमुख माेहन सुवेदिले ३ जना थपिएकाे खबरपछि संक्रमितकाे व्यवस्थापनमा लागेकाे बताउनुभयाे ।
बेलकाका भारतबाट अाई क्वारेन्टाईनमा बसेकामा ३२ वर्षका दुईजनामा संक्रमण देखिएकाे बुझिएकाे छ भने चाैदण्डिकाे स्थानीय १ जना भएकाे बुझिएकाे छ ।
गत जेठ २ गते संक्रमित ३३ जना पुगेपछि थपिएकाे थिएन । भारतबाट अाउने उदयपुरे नागरिकमा काेराेना संक्रमणकाे अासंका थियाे । गाईघाटकाे माेतिगडा क्वारेन्टाईनकाे ५४ जना भारतबाट अाएकाकाे रिपाेर्ट अाउन बाकि रहेकाे बुझिएकाे छ ।
