Tuesday, June 30News That Matters

उदयपुरमा किराँत राई कर्मचारी मञ्च गठन, अध्यक्षमा विश्वजित राई

पूर्णपुष्टि, साउन ५
उदयपुरमा किराँत राई कर्मचारी मञ्च गठन भएको छ । त्रियुगा नगरपालिकाका सूचना अधिकारी तथा सामाजिक विकास ाशाखाका अधिकृत विश्वजित राईको अध्यक्षमा ११ जना कार्यसमिति गठन गरिएको हो । शनिबार उदयपुर जिल्लाभरीकै विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत किरात राई कर्मचारीहरुको बृहत् भेलाले समिति गठन गरिएको हो ।

कार्यसमितिमा जिल्ला अस्पताल उदयपुरका छवित्रा राई उपाध्यक्ष, पुष्पराज राई (जिल्ला प्रशासन) सचिव, भक्तकुमार राई (चौदन्डिगढी न.पा) सहसचिव, तारादेवी राई (स्वास्थ्य बिमा कार्यक्रम) कोषाध्यक्ष लगायतका पदाधिकारीहरु सर्वसहमतिले चयन भएको हो । यस्तैगरी सदस्यहरुमा बबिन राई (उदयपुरगढी गा.पा) लोकबहादुर राई (कटारी न.पा) सरोज राई रौतामाइ गा.पा) रहेका छन् । समितिमा बेलका न.पा. लिम्चुङबुङ गा.पा. र ताप्ली गा.पा बाट १÷१ जना सदस्य पछिल्लो बैठकले चयन गर्ने निर्णय पनि भएको छ ।

सार्वजनिक प्रशासनमा किरात राई समुदायको प्रतिनिधित्व गर्दै पहुँच र सहभागिता बढाउन तथा समूदायको कर्मचारीहरुबीच आपसी सहयोग, सद्भाव, सहकार्य निर्माण गरी अगाडी बढ्न यस संगठनको मुख्य उदेश्य रहेको केन्द्रीय महासचिव अनिल किराँतीले बताउनुभयो । सार्वजनिक प्रशासनको क्षेत्रमा मानव संशोधन विकास, जनचेतना अभिवृद्धि तथा क्षमता विकास र सबलीकरणको कार्यक्रमहरु संचालन गर्न २०६८ जेठ २५ गते किरात राई कर्मचारी मञ्चको स्थापना भएको हो ।

मञ्चले स्थापना कालदेखि नै निरन्तर रुपमा किरात राई समूदायका विधार्थीहरुलाई निशुल्क लोकसेवा तयारी कक्षा, सार्वजानिक विषयमा अन्तर्कृया, गोष्ठी र छलफल लगायतका कार्यक्रमहरु गर्दै आएको माहासचिव राईले जनाउनुभयो । हाल (खोटाङ, सोलुखुम्बु, इलाम, सुनसरी, मोरङ र भोजपुर गरी ६ जिल्लामा कार्यसमिति क्रियाशिल रहेको अवस्था थियो । उदयपुरमा समेत कार्यसमिति गठन गरेसँगै ७ जिल्लामा कार्यसमिति निर्माण भएको छ ।

उदयपूरमा कार्यरत जेष्ठ कर्मचारी जनस्वास्थ्य अधिकृत चिन बहादुर राईको अध्यक्षता र केन्द्रिय महासचिव अनिल किरातीको प्रमुख आतिथ्यतामा कार्यक्रम संञ्चालन गरिएको थियो ।