
पूर्णपुष्टि, चैत २ गते ।
उदयपुरमा मंगलबार तीन महिनाको लागि कृषिगणना कार्यालय स्थापना भएको छ । साहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेलको उपस्थितमा सातौं राष्ट्रिय कृषिगणना २०७८ को स्थलगत अध्ययनको लागि कार्यालय स्थापना भएको हो ।
कृषिगणना कार्य २०७९ बैशाख ६ देखि सुरु भएर जेष्ठ १९ गते सम्म सञ्चालन हुने जिल्ला कृषिगणना अधिकृत शिवनारायन महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सबै स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ता द्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ ।

कृषिगणना नेपालको ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा वि.सं.२०१८ साल देखि विभागले हरेक दश दश बर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने छ ।
नेपालभर कृषिगणना कार्यका लागि १ हजार २ सय ८० सुपरिवेक्षक र ५ हजार २३ गणक खटिने छ ।
बाँकि जानकारी यो लिङ्कबाट हेर्न सकिन्छ ।https://agricensus.cbs.gov.np/
