
पूर्णपुष्टि, जेष्ठ ३०
उदयपुर जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । आज (आइतबार) थप ८३ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको हो । जसमध्ये ५ सय ३४ महिला र ६ सय ६१ पुरुष रहेका छन् ।
आज कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १० का ७४ वर्षीय वृद्ध रहेका छन् । मदनभण्डारी आँखा अस्पतालमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ ।
आज थप ८ महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ५३ जना पुगेको छ । आज थपिएका संक्रमितहरु त्रियुगा र कटारीको रहेका छन् । त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, कटारीका २ महिला र ७ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ३५ महिला र २ सय ७६ पुरुष गरी ५ सय ११ जना हरेका छन् ।
