Saturday, June 20News That Matters

उदयपुरमा कोरोना संक्रमणदर घट्यो, ४ थपिए, २२ निको र ५२ को मृत्यु

पूर्णपुष्टि, भदौ ९

उदयपुरमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमणदर घट्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज (बुधबार) २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३७१ जना पुगेको हो ।

थपिएका संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाको रहेका छन् । त्रियुगाको वडा नम्बर ८ का १ महिला र वडा नम्बर ४ का २ पुरुष गरी ३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन प्रसाद सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार कटारीको वडा नम्बर ११ मा १ जना महिलासहित आज ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप २२ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४५२ महिला र १ हजार ६९२ पुरुष गरी ३ हजार १४४ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ८० महिला र ९५ पुरुष गरी १७५ जना रहेका छन् । कोरोनाबाट उदयपुरमा १६ महिला र ३६ पुरुषको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।