
पूर्णपुष्टि, जेष्ठ २
उदयपुरमा कोरोना संक्रमण बाट ५ जनाको एकै दिनमा मृत्यु भएको छ । बिहान ४ संक्रमितको मृत्यु भएकोमा बेलका थप १ जना गरी ५ जनाको मृत्यु भएको हो ।
बेलुका मृत्यु हुनेमा त्रियुगा नगरपालिका १ जोगिदहका ३५ बर्षिय एक पुरुष रहेको छन् । होम आईसोलेसनमा रहेका उनिमा अचानक स्वस्थ्य समस्या आएपछि मृत्यु भएको सुरक्षा अधिकारीले जनाएको छ । उनलाई ठुलो समस्या आएपछि चौदण्डीको कोरोना हस्पिटल लगिएपनि जटिल उपचार हुन नसक्ने भएकाले उनको मृत्यु भएको हो ।
बिहान मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरुषको बेल्टार कोरोना अस्पताल उदयपुरमा मृत्यु भएको हो । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई उनको मृत्यु भएको जनाईएको छ । उनको ४ दिनअघि सो अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेको र अक्सिजन दिएपछि राम्रो हुने गरेको थियो । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ । उदयपुरको अस्पतालमा मत्यु भएको यो पहिलो घटना हो ।
त्रियुगाका ४७ वर्षिय अर्का पुरुषको पनि उपचारको क्रममा विएण्सी हस्पिटल बिर्तामोडमा मृत्यु भएको जनाईएको छ । यसैगरी चौदण्डिगढी नगरपालिकाका ५ का ५६ वर्षिय पुरुषको पनि ज्यान गएको छ । उनको नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको जनाईएको छ ।
अर्का एकजना त्रिनपा १२ डिएम गेटका ५१ वर्षिय पुरुषको पनि ज्यान गएको छ । विराटनगरको गोल्डेन हस्पिटलमा कोरोना परिक्षण गर्दा पुष्टि भएपछि आज ग्रिनक्रस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।
