
पूर्णपुष्टि, साउन ३२
उदयपुरमा आज (सोमबार) थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार २४६ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाका रहेका छन् । त्रियुगामा २६ वर्षीया १ महिला र ४४ र १९ वर्षीय २ पुरुष गरी ३ जनामा संक्रमण देखिएको छ । कटारीका २८ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएको हो ।
थप १५ जनाले कोरोना जितेर घर फर्र्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ३६२ महिला र १ हजार ६०१ पुरुष गरी २ हजार ९६३ जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ११३ महिला र ११८ पुरुष गरी २३१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ महिला र ३६ पुरुष गरी ५२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
