Saturday, June 13News That Matters

कोशिमा उदयपुरको थप एक संक्रमितको मृत्यु

 पूर्णपुष्टि,कार्तिक १९ 

उदयपुरको थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका –६ खत्रीटोलका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो ।

कोशी कोभिड १९ अस्पताल उपचारको  क्रममा  ५ दिनपछि उनको मृत्यु भएको चौदण्डीगढी नगर स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उतै दाहासंस्कार गरिएको बताईएको छ । उनमा  हात खुट्टा सुनिने समस्या देखा परेपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो ।

डाइलोसिस गरेर (डिस्चार्च) भई कात्तिक ५ गते विरामीलाई घर ल्याईएको थियो । पुनः कात्तिक १० गते राति अचानक स्वाशप्रश्वासमा समस्या भएपछि रातारात नोवेल हस्पिटल लगेर पुनः डाइलोसिस गरिएको थियो ।

त्यसको भोलिपल्ट एक्सरे गरेर हेर्दा फोक्सो (ड्यामेज) भईसकेको र तत्कालै कोरोना चेकजाँच गर्दा रिपोर्ट पोजिटिभ आएकोमा थप उपचारको लागि कोशी कोभिड १९ अस्पताल रेफर गरेको भतिजी अन्जनाले बताईन् । उक्त पुरुष मृगौला सम्वन्धी विरामी भएको र उपचारकैक्रममा अस्पतालबाटै कोरोना संक्रमित भएको बताईएको छ ।

चौदण्डीगढी नगरपालिकाको मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १ महिला र १ पुरुष गरी २ जना पुगेको छ ।