
उदयपुर, मंसिर २६ गते ।
उदयपुरमा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक)को दुई दिने तेस्रो महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । “क्यूपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार” भन्ने मुल नाराको साथ दुई दिने अधिवेशन विहिबारदेखि सुरु भएको हो ।
मजदुरको हक हितका लागि ठूलो संघर्ष गर्दै आएको २०७४ सालमा श्रम ऐन आएपनि कार्यन्वयन नभएको केन्द्रिय महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मनोहरी सिवाकोटीले बताए । स्थानीय तहले श्रमीकलाई सुरक्षाको लािग कानुन बमोजिक कम गर्नु पर्ने उनले बताए ।
सरकारले भौतीक पूर्वधारमा बढी बजेट विनियोजन गर्ने भएपनि त्यस क्षेत्रमा काम गर्ने श्रमीकलाई सामाजिक सुरक्षाको क्षेत्र भित्र नराखेको सिवाकोटीले बताए । राज्यले दिएको अधिकार सरकारले लागु गर्दैन भने कार्यन्वयनमा ल्याउदैन भने त्यसलाई हामी के गर्ने भन्ने विषयहरु समेत अधिवेशले तय गर्ने उनले बताए ।
देशभरीका लाखौँ श्रमिकहरुको पेट सम्मानले मात्रै नभरिने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले भने “खोक्रो सम्मानको ठाउँमा अधिकार दिनु पर्दछ ।, आस्वासन हैन हामीलाई रोजगारी गर्ने ठाउँ देउँ । तर रोजगारी दिएर मात्रै नपुग्ने रोजगारी मर्यादति बनाउनु पर्छ ।”
शुक्रबारसम्म चल्ने अधिवेशनले अवका दिनमा के कसरी अगाडी बढ्ने भन्ने विषय र श्रमीक हक अधिकारका लागि कसरी अगाडी बढ्ने र पाएका अधिकार जुन कार्यान्वयन भएको छैन । त्यस्ता धेरै विषयहरुको नीति कर्यक्रम तयार पारी समापन हुने आयोजकले जनाएको छ ।
अधिवेशनमा करिब ७१ वटा जिल्लाबाट विभिन्न श्रम संगठनका प्रमुख तथा प्रतिनिधिहरुको साथमा जिल्ला र छिमेकी जिल्लाका मजदुरहरुको उपस्थितिमा कर्याक्रमको उद्घाटन भएको थियो । कार्यक्रम हुनु भन्दा अगाडी सदरमुकाम गाईघाटमा ¥यालिका साथ बजार परिक्रममा गरिएको थियो ।
