
पूर्णपुष्टि, चैत २८
उदयपुरमा गाँजासहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार दिउसो करिब ३ बजे गाँजासहित एक जना पक्राउ परेको हो ।
चौदण्डिगढी नगरपालीका–९ अजगढा बस्ने ५५ वर्षीय तिलक चौधरीको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटेका प्रहरी खटीले घर खानतलासि गर्दा लुकाई छिपाई राखेको १ केजी ९ सय १५ ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
