Monday, May 4News That Matters

उदयपुरमा ‘गाइघाट कोरा च्यालेन्ज’ २०८०

पूर्णपुष्टि, ३० असार ।
उदयपुरमा “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गर्नुका साथै त्रियुगा नगरपालिकाले सहयोग गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ ।

वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम रहेको रोईलाको भनाई छ । साईकलिङ गाईघाट बजारबाट सुरु भई त्रियुगा नगरपालिकाको ११ नं। वडा, १२ नं।, १३ नं। हुदै ३ नं। देखि क्रमशः १० नं। वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाटमै समापन गरिएको छ ।

गाईघाट कोरा च्यालेन्ज उदयपुरमा सन् २०१९ बाट सुरु भएको हो । देशभरमा भने यो १४ औं संस्करण हो । अहिले च्यालेन्जको क्रममा संकलन हुने रकम टर्कीको भुकम्प पिडितका लागि सहयोग हुने जनाइएको छ ।

यो खेल नेपालबाटै सुरु भई हाल विश्वभर एकैदिन ९१६ जुलाई० मा सञ्चालन हुनेगर्छ । यस खेलमा निश्चित दुरी साइकल कुदाउछु र सामाजिक कामका लागि स्वेच्छिकरुपमा आर्थिक दान गर्छु भन्ने प्रतिबद्धता गरिन्छ । त्यसैले यसमा आफैले आफैलाई च्यालेन्ज गर्ने हुन्छ । पहिले पहिले काठमाडौंमा मात्र हुनेमा कोरोनाकाल पछि जिल्लाहरुमासमेत हुन थालेको हो ।

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उदयपुरमा साइक्लिङ लोकप्रिय छ । शाहसिक खेलको रुपमा लिइने साइक्लिङमा युवा तथा बालबालिकाको सहभागिता बढ्दो रहेको संघले जनाएको छ । सन् २०१५ मा गाईघाटका युवा जितेन्द्र रोइला ९जितु० ले सुरु गरेको साइक्लिङ, उनकै अगुवाईमा बढ्दै जाँदा सन् २०१९ मा औपचारिकरुपले संघ गठन भएको थियो । संघको सक्रिय गतिविधिबाट राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफलता मिलेको छ ।