Monday, April 20News That Matters

उदयपुरमा गुणस्तरहीन कार्य गरेर ठेकेदार बेपत्ता

पूर्णपुष्टि, असार २७ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–५ श्रीपुरमा ठेकेदारले गुणस्तरहीन काम गरेका छन् । सडक डिभिजन कार्यालय लहानको ठेक्का अन्तरगको नाला बनाउने क्रममा चरम लापरवाही भएको भेटिएको छ । नाला बनाउने सम्झौतामा १० मिटर बेरा ढलान गर्ने भएपनि २ देखी ३ सेन्टिमिटर मात्र ढलान गरिएको छ । यस्तै ढलान गर्नुअघीको सोलिङ्ग पनि खहरे खोलाको कमसल ढुङ्गा प्रयोग गरिएको छ ।
बालुवा पनि खहरे खोलाको माटो मिसिएको प्रयोग गरेको भनेर स्थानीयले विरोध भएपछि ठेक्का पएको कम्पनी रभरङ्ग कन्स्ट्रक्सनले हतारहतार ५० मिटरजतिको ढलान भएको थियो । अघिल्लो वर्षनै सम्झौता जारी ०७९ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेक्का पाएको भए पनि जेष्ठ अन्तिमबाट काम सुरु भएको थियो । उक्त कम्पनीले स्थानीयले कति रकमको ठेक्क हो भनि सोध्दा स्थानीयलाई धम्काउने गरेको स्थानीयले बताएका छन् । निर्माण कार्य भैरहेको स्थानमा ठेक्का सम्बन्धी सम्पूर्ण विवरण खुल्ने गरी जानकारीसहितको वोर्ड राख्नुपर्नेमा सो समेत राखिएको छैन । स्थानीयले विरोध गरेपछि हतारहतार भत्काएपछि ठेकेदार सम्पर्कमा नआएको स्थानीयले जनाएका छन् ।