
पूर्णपुष्टि, भदौ १
उदयपुरमा चिप्ले किरा खाने क्रममा घाटी भित्र अडकिएर एक जनाको ज्यान गएको छ । बेलका नगरपालिका–९ कमलाबारीका ६१ वर्षीय गणेश बहादुर सार्किको शनिबार साझ ज्यान गएको हो ।
खोला बाट पक्रिएर ल्याएको चिप्ले किरा खाएपछि घाटि भित्रको स्वास नलीमा अडकीएको कारण गणेशको तत्कालै ज्यान गएको स्थानिय तेज बहादुर सार्किले बताउनुभयो ।
हड्डी भाचिएको र खिएको बेला चिप्ले किरा खादा केहि दिनमै भाचिएको हड्डी जोडीने मान्यता रहेको कारण पहाडि भेगमा चिप्ले किरा खाने गरीन्छ । सार्कि ले पनि कम्मरको हड्डी ठिक होस भनेर चिप्ले किरा खाएका थिए ।
चिप्ले किरा अडकिएर गणेशको ज्यान गएको कुरा पोष्मार्टम पछि थाहा हुने प्रहरीले जनाएको छ । “घटना कसरी भयो भन्ने बारे अनुसन्धान शुरु गरेका हौ ।” इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक तेज बहादुर दाहालले बताउनुभयो । शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल गाईघाट पठाएको रामपुर प्रहरीले जनाएको छ ।
