Tuesday, June 2News That Matters

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना एकको मृत्यु

पूर्णपुष्टि, माघ २७
उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ७ नागबेली स्थित मदन भण्डारी लोकमार्गमा जन्ती बोकेर गईरहेको ट्याक्टर दुघंटना हुँदा एको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका १६ रातापानी बाट नेपालटार तर्फ जाँदै गरेको प्र २–०१–००१ त १०९६ नं ट्याक्टर आफै अन्यन्त्रित भई दुर्घटना हुँदा त्रिनपा १४ का अन्दाजी १९ बर्षिय मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार मग्रातीको घटना स्थलमै मृत्यु भएको जनाईएको छ । ट्याक्टरमा सवार अन्य १९ जना भने घाईते भएको छ । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ भने ट्याक्टर घटना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।