
पूर्णपुष्टि, कात्तिक ५
उदयपुरमा जिल्ला समन्वय समिति प्रमुखसहित १६ जनाले कोरोना जितेका छन् । जिसस प्रमुख र बेलाका नगरपालिकाका मयेरसहित १६ जनाले कोरोना जितेर आज घर फकिएका हुन् ।
चौदण्डीगढी नगरपालिका–६ को सातधारेस्थित उदयपुर कोभिड १९ अस्पतालमा उपचाररत १२ देखि १८ दिनपछि १२ पुरुष ४ जना महिला निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
अव अस्पतालको आईसोलेसनमा ११ जना पुरुष र ८ जना महिला उपचाररत छन् । भने एक जना पुरुष होम आइसोलेशनमा रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
