Monday, May 4News That Matters

उदयपुरमा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, असार २२ । उदयपुरको कटारी नगरपालिका–८ सिरिसेमा गएराती जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेरुङछबिसेका २२ बर्षीय नविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका (डिएसपी) कमल बजगाईका अनुसार मिर्चया–कटारी–घुर्मी सडक सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसेमा राति ८ बजेर ५ मिनेटको समयमा को १ क २७९५ नम्वरको जेसिबी साईटबाट फर्कने क्रममा आफै अनियन्त्रित भएर सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

वडाको सडक खन्ने काम गरेर कटारी फर्कदै गरेको जेसिबी घुम्ती सडकमा असन्तुलित भई दुर्घट्ना हुँदा पछाडिको चक्काले किचेर श्रेष्ठको घट्नास्थ्लमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीमा राखिएको र घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।