
पूर्णपुष्टि, माघ १४ । उदयपुरमा ज्यान मार्ने उद्योग मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ बस्ने किरण राई भन्ने चेतराज राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता हरिनन्दन चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष कैद जसाय तोकिएको राईलाई आईतबार पक्राउ गरेको हो । राईलाई ललितपुर महा–नगरपालिका वडा नं ३ साँझा ट्रोलपम्पबाट नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
