Friday, May 1News That Matters

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

पूर्णपुष्टि, भदौ १ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बस्ने १७ बर्षीय सुरज मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार बिहान अन्दाजी ५ बजे चौदण्डिगढी नगरपालिका–१० स्थित स्व. मदन भण्डारी स्मृती लोकराजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक ( डिएसपी ) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गाईघाटबाट बेल्टार तर्फ जादैँ गरेको ना.६ त नम्बरको ट्याक्टर खैरा झोडामा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले उद्धार गरी उपचारको लागी अस्पताल पठाएको डिएसपी चौधरीले जनाए । मुखमा चोट लागेर गम्भिर घाईते भएका मगरको उपचारको क्रममा वि.पि. कोईराला स्वास्थ्य विधि विज्ञान प्रतिष्ठान धरान घोपामा बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी तीन जना घाईते भएका छन् । घाईते हुनेमा सोही स्थान बस्ने १७ बर्षीय धिरन परियार, ४० बर्षीय बाल कुमार आले मगर र १९ बर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ । सामान्य चोट लागेका उनिहरुलाई तत्काल उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक मिथिला नगरपालिका ११ बस्ने २० बर्षीय प्रेम परियालाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।