Wednesday, June 10News That Matters

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, अन्य चार जना घाईते

पूर्णपुष्टि, पौष २२

उदयपुरमा गएराति करिब ८ बजेको समयमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं १ तालथुम्की स्थित गाईघाटबाट नामेटार जाँदै गरेको

प्र २–०१–००१ त १०१७ नम्वरको ट्याक्टर अन्यन्त्रित भई दुर्घटना हुँदा चाललको मृत्यु हुनुका साथै ट्याक्टरमा सवार अन्य चार जना घाईते भएका छन् ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ७ कालिखोलाका २० बर्षिय केशव बिक रहेका छन् । दुर्घटना पछि बिकलाई उपचार तर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

घाईते चार जनाको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको डिएसपी गौतममले जानकारी दिनुभयो । घाईते हुनेहरुमा रौतामाई गाउँपालिका १ नामेटारका ४८ बर्षिय कर्मध्वज तामाङ, २१ बर्षिय सन्तोष तामाङ, ३५ बर्षिया ज्ञानमाया तामाङ र १९ बर्षिया सितामाङ रहेकी छीन् ।

घाईते कर्मध्वज तामाङका भाई रेसम तामाङका अनुसार घाईतेहरुका हातखुट्टा, अनुहार, कम्मरमा चोट लागेको छ । कर्मध्वज तामाङको दायाँ हात खुट्टा भाँच्चिएको छ । सन्तोष तामाङको दुवै हातमा चोट लागेको छ ।  ज्ञानीमाया तामाङको दुवै हात खुट्टा र अनुहारमा चोट लाग्नुका साथै अर्की सिता तामाङको कम्मरमा चोट लागेको रेसम तामाङले जानकारी दिनुभयो ।