
पूणर्पुष्टि, मंसिर १३
उदयपुरमा ट्याक्टरको ठक्करबाट आईतबार एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ हुवासडहरमा स १ त ५७९७ न. को ट्याक्टरले बाटो काट्ने क्रममा ठक्कर दिदा सोही स्थानका १६ बर्षिय हिक्मत नेपालीको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टरलाई साउने बाट खटिएको प्रहरी टोलीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
