
पूर्णपुष्टि, १६ पौष ।
जिल्ला ट्राफिक प्रहरी उदयपुरले ट्याक्टरमा हुने दुर्घटना न्युनीकरणमा सुरक्षाको षयन्त्र अपनाएको छ । सोमवार जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाट र त्रियुगा ट्याक्टर ढुवानी व्यवसायी संघबीचको समन्वयमा दुर्घटना सुरक्षा अपनाईएको हो । ट्याक्टर सामान ढुवानीका सवारी साधन हो, यसमा बाँस, रड, जस्ता सवारी साधन भन्दा फरक सामाग्री बोक्नु पर्ने हुन्छ, यसले राती र हुस्सुको समयमा दुर्घटना बढी निम्त्याउँछ,, ट्राफिक उदयपुरले भने, ।

ट्याक्टरको पछाडीको ब्रेक लाईड ट्रलीले छल्ने हुँदा ट्रलीको पछाडी दुई साईडमा राती र हुस्सुमा टल्कीने रिफ्लेक्टीक स्टिकर टाँसिएको छ । राती पछाडी बाट आउने सवारीले साईड बत्ति बलेको नदेख्दा गएर ठोक्कीने जस्ता ट्याक्टरमा घटनाहरु घटेको छ । केही समय अघि बगाहामा भएको ट्याक्टरको बाँसमा घोचिएको घटनालाई स्मरण गर्दै उक्त षयन्त्रहरु अपनाईएको ट्राफिक प्रहरीको भनाई छ । यो जिल्ला भरीनै लागु गरिएको छ ।
गाईघाटमा पहिलो पटक १५ ओटा ट्याक्टरलाई स्टिकर लगाईएको र पछि थप ट्याक्टरहरुलाई लगाईएने छ । यदि यस्तो टाँसेर नहिने ट्राफिकले ट्याक्टरलाई कार्वाही गर्ने चेतावनी समेत दिएको छ । ट्याक्टर व्यवसायी संघका अध्यक्ष युवराज पराजुलीले ट्राफिक प्रहरीले ट्याक्टर व्यवसायीहरुका लागि सरहणीय काम गरेको जनाए । यसरी सम्बन्धित पक्षहरुबीच समन्वय र सह
कार्यको आधारमा आवश्यक सामाग्रीहरुको पहुँच पुराए दुर्घटना समयमै न्युनिकरण र थप घटनाबाट बच्न सकिने पराजुलीको भनाई छ ।
