Friday, May 1News That Matters

उदयपुरमा ट्रकको ठक्करबाट (असई) को मृत्यु

पूर्णपुष्टि, २७ भदौ

उदयपुरमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असईको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका भागलपुर प्रहरी चौकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट बुधबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सदरमुकाम गाईघाटवाट मोटरसाईकलमा कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले प्रदेश १–२–०५१ प ६४७८ नं को बस्नेतको मोटरसाईकललाई दिएको थियो। ठक्करबाट गम्भिर घाईते ४५ बर्षिय बस्नेतको तत्कालै मृत्यु भएको जनाईएको छ। बस्नेतको इटहरी उपमहानगरपालिका ८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत थिए । उनि जिल्ला प्रहरी कार्यालयको इन्चार्जहरुको मिटिङमा सहभागि भई फर्किने ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने ट्रक चालक बाँके जिल्ला कोहलपुर नगरपालिका (१३ भरैया बस्‍ने ३४ बर्षिय बिशाल परियारलाई ट्रक सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।