
पूर्णपुष्टि,माघ २१ । उदयपुरका बिभिन्न ठाउँमा आगामी फागुन १ गते सोमबारदेखि डान्स च्याम्पियन प्रतिभाको खोजीको आयोजना हुने भएको छ । डान्स स्टुडियो बेल्टारको आयोजनामा जिल्लाका छ ठाउँमा फरक–फरक मितिमा उक्त प्रतियोगित हुने भएको हो ।
आफ्नो कलाको माध्यमबाट भविश्यलाई उज्वल बनाउनका लागि नृत्य क्षेत्रमा रुचि भएकाहरुलाई प्रोत्साहन साथै उत्प्रेरणा जगाउने उद्देश्यले उक्त च्याम्पियनको आयोजना सुरु गरेको डान्स स्टुडियोका कोरियोग्राफर प्रमेजंग किरातीले बताए । उनका अनुसार प्रतिभाले सम्पन्न युवा पुस्ताहरु जसले आफ्नो कलालाई विश्व सामु प्रदर्शण गर्ने अवसरको खोजीमा छन् त्यस्ता कलाहरुलाई सम्मेट्ने प्रयास गरेको उनी बताउछन् ।
च्याम्यिनका विजेताले नगद पुरस्कारका साथमा,मेडल,ट्रफी,प्रमाण पत्र, म्युजिक भिडियोमा खेल्ने अवसरका साथै छात्रवृत्तीमा मेकअप कक्षा र थप निशुल्क नृत्य कक्षा तथा आकर्षक गिफ्टह्याम्पर लगायतका पुरस्कारहरु प्रदान गरिने छ ।
प्रतियोगितालाई बिभिन्न मितिमा तय गरिएको छ । जस अनुसार फाल्गुन १ गते कटारी नगरपालिकामा, नेपालटारमा फाल्गुन ६ गते, मुर्कुचीमा फाल्गुन ७ गते, गाईघाटमा फाल्गुन ९ गते, रामपुरमा फाल्गुन १२ गते र बेल्टारमा फागुन १३ गते अडिसन संचालन हुने छ । अडिसन राउण्डबाट अघिल्लो चरणका प्रतिस्पर्धीहरु अघि बढाइने बताइएको छ । प्रतियोगिताको मेनेजमेन्टको जिम्मा विङ्स इन्टरटेन्टमेन्टले पाएको छ ।
