
पूर्णपुष्टि, असार १४ ।
भावि सन्ततीका लागि उदयपुरमा हर्रो, बर्रो र अमला (त्रिफला) जडिबुटि रोपिएको छ । राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय गाईघाट र स्थानीय सामुदायिक वनहरुले त्रियुगा नगरपालिका ६ पात्लेबासको खाली बनक्षेत्रमा पकेटक्षेत्रकै रुपमा जडिबुटिका विरुवा बृक्षरोपण गरेको हो ।
भविष्यमा आम्दानी दिनेगरी तीन हेक्टर क्षेत्रमा चारहजार विरुवा रोपिएको डिभिजन वन अधिकृत इन्द्र सापकोटाले बताउनुभयो । विरुवा संरक्षणका लागि स्थिानीयले जिम्मेवारी लिएका छन् । वन कार्यालयको लगानीमा फलामे घेराबेरासमेत गरिने भएको छ । बृक्षरोपणमा स्थानीयहरुको उत्साहजनक उपस्थिति थियो भने स्थानीय समुदायिक वनका पदाधिकारी, वनअधिकारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
फाेटाे फिचर

