Sunday, August 9News That Matters

उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

पूर्णपुष्टि, वैशाख ३० ।

उदयपुरमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका २७, चौदण्डीगढी नगरपालिकाका ८ रहेका छन् । त्यसैगरी लिम्चुङबुङ गाउँपालिकाका अनुसार सो पालिकामा २ जना संक्रमित पुष्टि भएका छन् ।

कोरोनाका कारण उदयपुरका ज्यान गुमाउनेको जम्मा संख्या ७ रहेकोमा आज संख्या थपिएको छैन ।

संक्रमितहरु मध्ये २ सय २७८ जना होम आ्इसोलेशनमा छन् भने ३६ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको ‘छ । लिम्चुङबुङका दुई संक्रमित पनि होम आइसोलेशनमै रहेका छन् ।

उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी नगरपालिकामा ८ जना  थपिएसंगै जम्मा संक्रमितको संख्या ३३ पुगेको छ । लिम्चुङबुङ गाउँपालिकामा आज २ जना थपिएसंगै जम्मा संक्रमितको संख्या ३ पुगेको छ ।

कटारी नगरपालिकामा ३५ पुगेको छ । रौतामाई गाउँपालिकामा १०, उदयपुरगढीमा ६ जना रहेका छन् । दोस्रोचरणको कोरोनाकालमा हालसम्म ताप्लीमा भने संक्रमित भेटिएको छैन ।

उदयपुरमा निशेधाज्ञ थपिने भएको छ । अव थपिने निशेधाज्ञ थप कडाइसाथ लागु गराउने भएको छ । छ दिनअघि लागु भएको निशेधाज्ञ भोलि सकिदैछ । भोली सकिए लगत्तै लागु हुने गरी थप ७ दिनको लागि निशेधाज्ञ घोषणाको तयारी रहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड संकट ब्यवस्थापन समितिका संयोजक तुलसीराम सेढाइका अनुसार पुनः ७ दिन निशेधाज्ञ थप्ने तयारी छ । अवको निशेधाज्ञ थप कडा हुने उहाको भनाई छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दो रहेसंगै संक्रमणको उच्च जोखिम देखिएकाले निशेधाज्ञ थप कडाइका साथ लागु गर्ने भएको उहाँले बताउनुभयो । हिड्डुल, सामाजिक, तथा सांस्कृतिक, धार्मिक कार्यक्रमदेखि सबैखाले जमघटको हुने गतिविधिलाई कडाइका साथ रोक्ने उहाँले बताउनुभयो ।

अहिलेसम्मको निशेधाज्ञ पालनाको अवस्था सन्तोषजनक देखिएको उहाँले बताउनुभयो । तर कतिपय मानिसमा आफै समस्यामा नपरि नचेत्ने जस्तो ब्यवहार देखिएको पनि बताउनुभयो । त्यस्तालाई कारवाही थालिएको पनि उहाँले बताउनुभयो ।

विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको ठहर भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले हालसम्मको अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार कन्ट्राक टे«सिङ तथा जिल्लाको विभिन्न पालिकामा गरिएको परिक्षणको आधारमा विवाहका कारण कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो ।

संक्रमण फैलिनुको कारण विवाह देखिएकाले अवको निशेधाज्ञमा थप कडाइ गरिने भएको छ । विवाहमा बेहुला र बेहुली सहित १५ जनाभन्दा बढि मानिस हुन नदिने उहाँले बताउनुभयो । बढि भएमा रोक लगाइने साथै कारवाही गरिने छ । आज पनि १३ जना चढेर बेल्टारतर्फ जादै गरेको विवाहको एक बोलेरोलाई राकिएको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको फत्तेपुर नाका हुदै बेल्टार आउदै गरेको विवाहलाई राकिएको हो ।

अवको निशेधाज्ञमा देवाली, पूजा, साकेला जस्ता जमघट हुने कार्यक्रमलाई पनि पूर्ण रोक लगाउने उहाँले बताउनुभयो । चिठी लिएर आएकाहरुलाई पनि रोकिएको उहाँले बताउनुभयो ।

 

 

जिल्लाको बेल्टार कोरोना अस्पतालको निरिक्षण आज भएको छ । प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखह्ररुको टोलीले बेल्टार स्थित अस्पतालको निरिक्षण गरेको हो ।

निरिक्षणको क्रममा अस्पतालमा रहेका २३ जना संक्रमितहरुको स्वास्थ्य स्थिति बुझेको प्रजिअ सेढाइले जानकारी दिनुभयो । उनीहरुको हाल स्वासथय अवस्था सामान्य रहेकोछ । अस्पतालका लागि थप अक्सिजन सिलिण्डर ब्यवस्था गर्ने भएका छ । चौदण्डीगढी नगरपालिकाका मेयर एवम् सो अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष खगेन्द्र राईसंग अक्सिजन लगायतका सामग्रीहरु ब्यवस्थापनमा छलफल भएको छ । तीनदिनअघि मात्र सो अस्पतालमा एकजना एमवीवीएस डाक्टरको ब्यवस्था गरिएको छ ।

यता गाईघाट बोक्सेस्थित आँखा अस्पताललाई आइसियु र भेण्टीलेटर सुविधासहितको कोरोना हस्पिटल बनाउन तयारी रहेको छ । ४० बेडसम्मको ब्यवस्थित र सुविधासम्पन्न अस्पताल बनाउन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी लगायत आफुहरु लागि परेको प्रजिअ सेढाईले जानकारी दिनुभयो ।

देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ४सय ३६ पुगेको छ । ८ हजार ९ सय ६० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको हो । आज ५ हजार ५५ थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ११ लाख ३९ हजार २ सय ५५ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ४७ हजार ३४ छ भने निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ३ सय १६ रहेको छ ।

कोरोना खबर अपडेट आजलाई यति नै, यसपछि कोरोनासंग सम्बन्धीत विशेष संवाद लिएर आउने छौं । हामीसंगै जोडिनुहोला ।