
पूर्णपुष्टि, जेष्ठ २४
उदयपुरमा आज (सोमबार) थप एक महिला र एक पुरुष गरी दुई जना कोरोना संक्रमितले ज्यान गुमाएको छ । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको हो ।
आज मृत्यु हुनेमा बेलका र कटारी नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । बेलका नगरपालिका वडा नं. ४ का ५१ वर्षीय पुरुषको विराटनगर मेडिकल कलेजमा मृत्यु भएको छ, भने कटारी नगरपालिका वडा नं. ४ का २८ वर्षीया महिलाको नोवेल मेडिकल कलेजमा मृत्यु भएको हो ।
आज थप १६ जनामा संक्रमण पुष्टि भएकोे छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय २० पुगेको हो । स्वास्थ्य कार्यालयका अनुसार चोदण्डीगढी, कटारी र लिम्चुङबुङमा संक्रमित थपिएको छ । आज सबै भन्दा बढी चौदण्डीगढीमा ९ पुरुष र ५ महिला गरी १४,कटारीमा १ महिला र लिम्चुङबुङमा १ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना जितेर ३५ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या २ सय ८ पुरुष र १ सय ५५ महिला गरी ३ सय ६३ पुगेको छ । हालसम्म जिल्लाभरी ६ सय १० पुरुष र ५ सय १ महिला गरी १ हजार १ सय ११ जना रहेका छन् ।
