Saturday, May 16News That Matters

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २२

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका–५ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
उनी एक हप्ता अगाडी भारतको पंजाबबाट आएर क्वारेन्टाईनमा बस्दै आएको थियो । उनी सहित १४ जनाको यहि भदौ १९ गते स्वाव संकलन गरी परिक्षणको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा थियो ।

उनलाई उपचारको लागि चौदण्डीगढी ६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको जनाईएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।