Friday, May 1News That Matters

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, २५ जना निको, मृत्यु शुन्य

पूर्णपुष्टि, असार १८

उदयपुरमा पनि केही दिन यता कोरोना संक्रमणदर घट्न थालेको छ । आज (शुक्रबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित ६ महिला र ५ पुरुष हरेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ५६ जना पुगेको हो ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिका र ताप्ती गाउँ पालिकामा संक्रमण देखिएको हो । बेलकामा ३ महिला र २ पुरुष गरी ५ जना, त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, चौदण्डीगढीको १ जना महिला र ताप्लीको १ पुरुष गरी आज ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

जिल्लामा कोरोना जितेर आज थप २५ जना घर फर्किएका छन् । योसँगै कोरोना मुक्त हुँनेको संख्या ८ सय ४८ महिला र १ हजार ५१ पुरुष गरी १ हजार ८ सय ९९ जना पुगेको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय १३ महिला र १ सय ९५ पुरुष गरी ४ सय ८ जना रहेका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन, अहिलेसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ रहेको छ ।