Saturday, June 20News That Matters

उदयपुरमा थप १७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३०४ पुग्यो

पूर्णपुष्टि, भदौ २

उदयपुरमा आज (बुधबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ७ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३०४ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका रहेका छन् । त्रियुगामा ७ महिला र ५ पुरुष गरी १२ जना, चौदण्डीगढीमा १ महिला र २ पुरुष गरी ३ जना र बेलकामा १ जना महिलामा संक्रमण देखिएको हो ।

कोरोना जितेर थप २३ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ३८३ महिलार १ हजार ६१९ पुरुष गरी ३ हजार २ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ११९ महिला र १३१ पुरुष गरी २५० जना रहेका छन् । कोरोनाबाट उदपुरमा १६ महिला र ३६ पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको  छ ।