
पूर्णपुष्टि, जेष्ठ ३१
आज (सोमबार) उदयपुरमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ महिला र १३ पुरुष गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ८३ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
आज थपिएका संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेको छन् । चौदण्डीगढीमा ९ महिला र ६ पुरुष गरी १५, त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
आज कोरोना जितेर ५८ जना घर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या १ हजार २ सय ५३ पुगेको छ । जसमध्ये ५ सय ५९ महिला र ६ सय ९४ पुरुष रहेका छन् । अहिलेसम्म जिल्लाभर संक्रिय संक्रमितको संख्या २ सय २७ महिला र २ सय ५६ परुष गरी ४ सय ८३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन, जिल्लामा मृतकको संख्या ४७ रहेको छ ।
