
पूर्णपुष्टि, भदौ ७
उदयपुरमा आज (सोमबार) थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र १ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३५५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी र त्रियुगा नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । चौदण्डीगढीमा४ महिला र १ पुरुष गरी ५ जना, त्रियुगामा १ जना पुरुष र लिम्चुङबुङमा पनि १ पुरुषमा संक्रमण देखिएको हो ।
जिल्लामा थप २१ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ४२४ महिला र १ हजार ६८४ पुरुष गरी ३ हजार १०८ जना पुगेको छ । जिल्लामा कुल सक्रिय संक्रमित ९३ महिला र १०२ पुरुष गरी १९५ जना रहेका छन् । कोरोनाले जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जना मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
