Saturday, June 6News That Matters

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १३

आज उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा रहेका ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु भारत, दुवाई, कतार लगायतका विभिन्न देशबाट आएर क्वारेन्टाईनमा बसेका बुझिएको छ । उनीहरुको गत १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको थियो । नमुना स्वाव कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै उदयपुरमा संक्रमितको संख्या ५९ पुगेको छ ।