Friday, June 19News That Matters

उदयपुरमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६७६ पुग्यो

पूर्णपुष्टि, माघ २०
उदयपुरमा आज (बिहिवार) थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ महिला र ३ पुरुष गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ७६ जना पुगेको हो । २३ जनाको एन्टिजेन्ट विधिमार्फत परिक्षण गरिएकोमा ७ जनाको रिपोट पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुका अनुसार थपिएको संक्रमितहरु चौदण्डीगढी र बेलाका नगरपालिकाका रहेको छन् । चौदण्डीमा ४ महिला र २ पुरुष गरी ६ जना साथै बेलकाको १ जना पुरुष संक्रमित भएका हुन् ।
जिल्लामा कोरोनालाई जितेर ३२ महिला र ५२ जना पुरुष गरी ८४ जना निको भएको स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ ।